Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कुलमान घिसिङ विरूद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

कुलमान घिसिङ विरूद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

दैनिकी न्यूज

२, भाद्र २०७८
कुलमान घिसिङ विरूद्धको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा
images

काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि पहिलो सुनुवाइका लागि पेशी तोकेको छ।

उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्र शाक्यले सोमबार रिट दिएका थिए। उक्त रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ।

उनको रिट उक्त इजलासको १० दशौं नम्बरमा परेको छ। आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै शाक्य अदालत गएका थिए।

रिटमा घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्बहालीका लागि अन्तरिम आदेश दिन शाक्यले माग गरेका छन् । रिटमा प्रधानमन्त्री कार्यकालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, ऊर्जा सचिव तथा ऊर्जा आयोगलाई विपक्षी बनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १२:४६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology