Logo

बुधवार, आश्विन २८ गते २०८३

images

काबुल प्रवेश गर्‍यो तालिबानी लडाकु

काबुल प्रवेश गर्‍यो तालिबानी लडाकु

दैनिकी न्यूज

३१, श्रावण २०७८
काबुल प्रवेश गर्‍यो तालिबानी लडाकु
images

काठमाडौं । तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् ।

तालिबान समूहले आजै बिहान रणनीतिक रूपमा महत्त्वपूर्ण सहर जलालावाद नियन्त्रणमा लिएको थियो । जलालावाद नियन्त्रण गर्न जाँदा सरकारी सुरक्षा फौज पछाडि हटेपछि त्यहाँ युद्धविना नै तालिबानले सहर नियन्त्रणमा लिएका बीबीसीले जनाएको छ ।

विद्रोही समूह काबुल प्रवेश गरेपछि काबुलमा रहेको अमेरिकी कुटनीतिक नियोगले आफ्नो कार्यालय बन्द गरेर विमानस्थलबाटै सेवा सुरु गरेको छ । युरोपियन युनियनका कर्मचारी काबुलको गोप्य ठाउँबाट काम गरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा प्रभाव जमाइरहेको तालिबान समूह नेटो र अमेरिकी सेना फिर्ता भएपछि सहर केन्द्रित हुन थालेको हो । तालिबान समूहले पछिल्लो डेढ हप्ताको अवधिमा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएको हो ।

तालिबानले आफ्ना लडाकुहरूलाई राजधानी काबुलमा सकेसम्म युद्ध नगर्न आदेश दिएका रोयटर्सले जनाएको छ । तालिबान नेताले महिलाहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गर्नुका साथै सहर बाहिर निस्कन चाहनेहरूलाई सुरक्षित रूपमा बाहिर जाने व्यवस्था गर्न लडाकुलाई भनेका छन् ।  

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - १५:०८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology