Logo

बुधवार, आश्विन २८ गते २०८३

images

तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

दैनिकी न्यूज

२८, श्रावण २०७८
तास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
images

काठमाडौं । काठमाडौं र कास्कीबाट तास खेलीरहकेो अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–२६ बस्ने बाग्लुङ वुर्तिवाङ गाउँपालिका–६ घर भएका ३३ वर्षीया नरमाया बुढामगर लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६९ हजार ८ सय ६० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–१० उत्तमचोक डेरा गरी बस्ने ३५ वर्षीया सरु गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सरु लगायत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १७:१२:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology