Logo

बुधवार, आश्विन २८ गते २०८३

images

हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान” शुरु

हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान” शुरु

दैनिकी न्यूज

२६, श्रावण २०७८
हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान” शुरु
images

काठमाडौं । २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरे पश्चात हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुवाती दिनहरुमा यसको कार्यान्वयनमा कडाई गरेको देखिएता पनि कोरोना संक्रमण पछिका दिनहरुमा क्रमश हर्नको प्रयोगमा बृद्धि हुदै गएको देखिन्छ ।

ट्राफिक प्रहरीले ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी र कडाई गर्न आजदेखि ‘हर्न निषेध’ का लागि स्टिकर टाँस्ने अभियान शुरू गरेको छ । उक्त स्टिकर चालकले देख्ने गरि अगाडीको सिसामा टासिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले नो हर्न अभियानलाई थप कडाई गर्न आजैवाट उपत्यकाको ३८ वटा ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरि अभियानलाई शुरु गरेको जानकारी दिए । उनले केहि समय यता अनावश्यक हर्नको प्रयोगमा क्रमश बृद्धि भैरहेको महशुस गरि हामीले यसलाई थप कडाई गर्न र अति आवश्यक नपरि हर्नको प्रयोग गर्नेलाई कडाईका साथ कारबाहीको दायरामा ल्याउन अभियानलाई पुन गति दिएका बताए ।

जथाभावी हर्नको प्रयोगले ध्वनी प्रदुषण बढ्ने र यसले हाम्रो स्वास्थ्यमा समेत नकरात्मक असर गर्ने हुनाले अति आवश्यक नपरि हर्नको प्रयोग नगर्न समेत ट्राफिक प्रहरी महाशाखाले सम्पुर्ण सवारी चालकहरुलाई बिशेष अनुरोध गरेको छ ।

यसैबीच यसअघि ‘तपाईको मास्क खै ?’ अभियानका लागि प्लेकार्ड प्रयोग गरिएकोमा त्यसले ड्युटिमा खटेका ट्राफिक प्रहरीलाई असुविधा पुगेको भन्दै प्लेकार्डको विकल्पको रुपमा शरीरमा फित्ता लगाउने अभियान सञ्चालन गरिएको महानगरीय ट्राफिक परिसर ललितपुरका प्रहरी निरीक्षक नरेश शाहीले जानकारी दिए । प्रहरी निरीक्षक शाहीका अनुसार, प्रहरीले हर्न निषेधलाई थप कडाइ गर्दै ‘नो हर्न स्टिकर अभियान’ आजैबाट ललितपुरमा पनि शुरु गरेको हो ।

tra 4.jpg

tra 2.jpg

tr 3.jpg

tr.jpg

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १६:०२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology