Logo

बुधवार, आश्विन २८ गते २०८३

images

म्याग्दीको बेनी बजारमा आगलागी, दुई पसलमा क्षति

म्याग्दीको बेनी बजारमा आगलागी, दुई पसलमा क्षति

दैनिकी न्यूज

२६, श्रावण २०७८
म्याग्दीको बेनी बजारमा आगलागी, दुई पसलमा क्षति
images

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा मंगलबार बिहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो । डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । रासस

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०९:५८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology