Logo

बुधवार, आश्विन २८ गते २०८३

images

६ लाख नगदसहित भारतीय नागरिक पक्राउ

६ लाख नगदसहित भारतीय नागरिक पक्राउ

दैनिकी न्यूज

२६, श्रावण २०७८
६ लाख नगदसहित भारतीय नागरिक पक्राउ
images

कञ्चनपुर । सीमा नाका त्रिनगरबाट सशस्त्र प्रहरीले ६ लाख १५ हजार नगद रकमसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले दिएको जानकारी अनुसार सीमा नाकाबाट भारतबाट नेपाल आउने व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको रकमसहित भारतको साहजहाँपुर मोहल्ला बस्ने वर्ष ४१ का रजिनिस कुमारलाई नियन्त्रणमा लिएको हो।

रकमसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कानुनी कारवाहीका लागि त्रिनगर भन्सार कैलालीमा बुझाइएको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०८:२४:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology