Logo

बुधवार, आश्विन २८ गते २०८३

images

संरक्षित वन्यजन्तु जिवित भैंसेगोहोरो सहित ३ जना इमाडोलबाट पक्राउ

संरक्षित वन्यजन्तु जिवित भैंसेगोहोरो सहित ३ जना इमाडोलबाट पक्राउ

दैनिकी न्यूज

२५, श्रावण २०७८
संरक्षित वन्यजन्तु जिवित भैंसेगोहोरो सहित ३ जना इमाडोलबाट पक्राउ
images

ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलबाट संरक्षित वन्यजन्तु जस्तो देखिने जिवित भैंसेगोहोरो सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका५ नौविसे दामिचौर बस्ने ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका–३ भैंसे बस्ने १९ वर्षीय सुरेश बिक र दोलखा तामाकोशी गाउँपालिका–५ गोगनटार बस्ने २३ वर्षीय सुमन बिक रहेका छन् ।

संरक्षित वन्यजन्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुले अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १६:००:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology