Logo

बुधवार, आश्विन २८ गते २०८३

images

जुवातास खेलिरहेका १७ जना पक्राउ

जुवातास खेलिरहेका १७ जना पक्राउ

दैनिकी न्यूज

२५, श्रावण २०७८
जुवातास खेलिरहेका १७ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका १० मध्यबानेश्‍वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक तास सहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका ९ क्याम्पस रोड डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुक बहादुर थापा लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १५:४१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology