Logo

बुधवार, आश्विन २८ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

दैनिकी न्यूज

२४, श्रावण २०७८
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
images

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ बासुकी चोक बस्ने कनक बहादुर तामाङको जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं गोकर्णेश्वर नगरपालिका(५ नयाँवस्ती बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–५ घर भएका २८ वर्षीय प्रेम तामाङ समेत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई ४२ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–६ जोरपाटीस्थित पूर्ण सुनुवारको शेर्पा रेष्‍टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । रेष्‍टुरेण्टमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ५ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका–१२ स्थित संगम गीत गजलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१ बस्ने १८ वर्षीय किशोर समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार २ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका–९ भुम्रे बस्ने लोक बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - ०५:४२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology