Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बिल नभएका ५ सय ९५ थान मोबाइल सहित २ जना पक्राउ

बिल नभएका ५ सय ९५ थान मोबाइल सहित २ जना पक्राउ

दैनिकी न्यूज

२२, श्रावण २०७८
बिल नभएका ५ सय ९५ थान मोबाइल सहित २ जना पक्राउ
images

नवलपरासी (पूर्व) । विनयीत्रिवेणी गाउँपालिका–१ बाट विल नभएका विभिन्न कम्पनीका ५ सय ९५ थान मोबाइल सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–८ बस्ने ४३ वर्षीय अर्जुन ढकाल र सोही ठाउँ बस्ने ४० वर्षीय ईन्द्रलाल श्रेष्ठ रहेका छन् । प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभई अवैध रुपमा ल्याएको उक्त मोबाइल फेला पारी गाडी चालक अर्जुन र ईन्द्रलाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - १३:२३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology