Logo

बुधवार, आश्विन २८ गते २०८३

images

प्रहरीद्वारा गंगबुबाट पेस्तोलसहित तीन जना पक्राउ

प्रहरीद्वारा गंगबुबाट पेस्तोलसहित तीन जना पक्राउ

दैनिकी न्यूज

२१, श्रावण २०७८
प्रहरीद्वारा गंगबुबाट पेस्तोलसहित तीन जना पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको गंगबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गंगबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शङ्का लागेर पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ। पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए । रासस

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०९:३०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology