Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो

बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो

दैनिकी न्यूज

१९, श्रावण २०७८
बिमा कम्पनीहरुको कर्जा बैंकको भन्दा महँगो
images

काठमाडौं । बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् ।

बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् ।

हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एक अंकमा रहेको छ । तर बिमा कम्पनीहरुले भने १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुमध्ये सबैको ब्याजदर १० प्रतिशतभन्दा बढी छ ।


यो समाचार आजको कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०७:००:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology