Logo

बुधवार, आश्विन २८ गते २०८३

images

पैसा नभएको चेक झुक्याउनलाई काट्ने श्रेष्ठ पक्राउ

पैसा नभएको चेक झुक्याउनलाई काट्ने श्रेष्ठ पक्राउ

दैनिकी न्यूज

१८, श्रावण २०७८
पैसा नभएको चेक झुक्याउनलाई काट्ने श्रेष्ठ पक्राउ
images

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंज उपमहानगरपालिका वडा नंं १ ठेगाना भएका ५६ वर्षीय विनोद कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगंजको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ लाख जरिवाना र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर काडाँघारीबाट पक्राउ गरेको हो ।

श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - १८:०९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology