Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बर्दियामा फरार ३ जना पक्राउ

बर्दियामा फरार ३ जना पक्राउ

दैनिकी न्यूज

१७, श्रावण २०७८
बर्दियामा फरार ३ जना पक्राउ
images

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक अपराध मुद्दामा सजाय तोकी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको विसं २०७२ चैत ९ गतेको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जनही रु पाँच हजार जरिवानाको आदेश भएपछि फरार रहेका कसुरदार राजापुर–१ का अशोक चौधरी र केशव थारूलाई पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

त्यस्तै जिल्ला अदालतको २०७७ पुस १५ गतेको आदेशले सवारी ज्यान मुद्दामा दुई महिना चार दिन कैद सजाय तोकिएपछि फरार रहेका बारबर्दिया नगरपालिका–८ का २७ वर्षीया सुमन चौधरीलाई पक्राउ गरिएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलीले पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए । रासस

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - ०६:५३:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology