Logo

बुधवार, आश्विन २८ गते २०८३

images

लालपुर्जा हातमा छ, जग्गा खोलाले बगायो

लालपुर्जा हातमा छ, जग्गा खोलाले बगायो

दैनिकी न्यूज

१०, श्रावण २०७८
लालपुर्जा हातमा छ, जग्गा खोलाले बगायो
images

सिरहा । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ।

सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ।

बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए।

घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए। ‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ०८:३४:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology