Logo

बुधवार, आश्विन २८ गते २०८३

images

अनुचित व्यापारिक क्रियाकलाप गर्ने १ हजार बढी फर्ममाथि कारबाही

अनुचित व्यापारिक क्रियाकलाप गर्ने १ हजार बढी फर्ममाथि कारबाही

दैनिकी न्यूज

६, श्रावण २०७८
अनुचित व्यापारिक क्रियाकलाप गर्ने १ हजार बढी फर्ममाथि कारबाही
images

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ।

विभागले गत आर्थिक वर्षमा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका १ हजार ३५ व्यापारिक फर्म÷कम्पनी तथा उद्योग कारबाहीमा परेका हुन्। एक वर्षको अवधिमा विभागले २ हजार ९४७ फर्मको अनुगमन गरेको थियो। तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, १ हजार ५९७ फर्मलाई सामान्य सुधार र ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो। विभागको तथ्यांकअनुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमुना संकलन, ३८ फर्मको कारोबार रोक्का, १९ जनालाई अभियोग लगाइएको र ३ वटा साधन नियन्त्रणमा लिइएको थियो।

कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानाबापत २ करोड ३९ लाख ८२ हजार रुपैयाँबराबर राजश्व संकलन भएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए। उनका अनुसार १ वर्षको अवधिमा ३ करोड ७३ लाख ८४ हजार ४०१ रुपैयाँबराबरको अखाद्य वस्तु नष्ट गरिएको छ।

विभागअन्तर्गत रहेका ५ कार्यालय ९विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी० ले गत आवमा १ हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन्। ती फर्मलाई कारबाहीस्वरुप जरिवाना गर्दा १ वर्षको अवधिमा ३ करोड ३३ लाख ७० हजार राजश्व संकलन भएको छ। ४ हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोवार रोक्का गरिएको थियो। यसका साथै ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँबराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो।

त्यस्तै ४ हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने फर्मलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गर्दै आएको छ। रासस

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - १५:५१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology