बागलुङ । बागलुङमा घरेलु रक्सी पिउँदा ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर बिरामी परेका छन्।
प्रहरीका अनुसार सोमबार राति रक्सी खाएपछि गम्भीर बिरामी परेका रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रवीण घर्ती, ५१ वर्षीय रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर रानाको उपचार क्रममा आज बिहान मृत्यु भएको हो।
२६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्तीको भने गम्भीर अवस्थामा धौलागिरि अस्पतालमै उपचार जारी छ।
रक्सीका कारण मृत्यु भएको हो वा अन्य कारण भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।