Logo

बुधवार, आश्विन २८ गते २०८३

images

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

दैनिकी न्यूज

४, श्रावण २०७८
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
images

झापा । गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती सङ्गीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । रासस

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १५:४६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology