Logo

बुधवार, आश्विन २८ गते २०८३

images

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दैनिकी न्यूज

४, श्रावण २०७८
तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
images

काठमाडौं । काठमाडौं र नवलपरासी (पूर्व) बाट तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

काठमाडौं महानरगपालिका ६ तिनचुली बिगमार्ट नजिक वीरेन्द्र लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ललितपुर गोदावरी घर हुने ३५ वर्षीया तारा थापा लगायत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३९ हजार ९ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाहा बस्ने शोभा बिकको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय शेर बहादुर बिक लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १९ हजार २ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १४:१६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology