Logo

बुधवार, आश्विन २८ गते २०८३

images

अवैध सम्बन्धबाट बसेको गर्भ पतन गरेको आरोपमा महिला पक्राउ

अवैध सम्बन्धबाट बसेको गर्भ पतन गरेको आरोपमा महिला पक्राउ

दैनिकी न्यूज

३, श्रावण २०७८
अवैध सम्बन्धबाट बसेको गर्भ पतन गरेको आरोपमा महिला पक्राउ
images

बागलुङ । अवैध यौन सम्बन्धबाट बसेको गर्भको भ्रुण हत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक महिला पक्राउ परेकी छन्।

जैमिनी–१० की २६ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो। उनले चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप छ।

औषधि सेवन गरेर उनले चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा लगेर गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

ती युवतीले शनिबार दिउँसो भ्रुण गाडेको देखेपछि स्थानीयवासीले बरेङ प्रहरी चौकीमा खबर गरेका थिए। ‘त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भ्रूण राखेर गाडेको अवस्थामा भेटिएको हो,’ हवारीले भने, ‘स्थानीयवासीकै आशङ्काका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ।’ ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहेका प्रहरीले जनाएको छ।

केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भ्रूणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राति नै सदरमुकाम ल्याएको छ । आज बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताए। उनले कसको गर्भपतन गराइन् भन्ने खुलेको छैन। रासस

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - ११:५५:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology