Logo

बुधवार, आश्विन २८ गते २०८३

images

फरार अभियुक्त सात महिनापछि पक्राउ

फरार अभियुक्त सात महिनापछि पक्राउ

दैनिकी न्यूज

२, श्रावण २०७८
फरार अभियुक्त सात महिनापछि पक्राउ
images

कञ्चनपुर । कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले गत मङ्सिरमा जिल्ला अदालत कञ्चनपुरबाट एक वर्ष कैद र रु एक लाख जरिवाना ठहर भई फरार रहेका कृष्णपुर नगरपालिका–९ का विष्णु रानालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले अपराधपछि फरार रहेका रानालाई घर वरपर लुकीछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी जिल्ला अदालत पेश गरिएको बताए । “अदालतबाट पनि निजलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ”, उनले भने, “प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्ला भर सक्रियता बढाएको छ ।” रासस

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - १२:२४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology