Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

२, श्रावण २०७८
मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 २०७८ साउन २ गते ( शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

२०७८ साउन ३ गते ( आइतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश , लुम्बिनी  प्रदेश र सुदुरपश्चचिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

२०७८ साउन ४ गते ( सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी , लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - ०७:४५:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology