Logo

बुधवार, आश्विन २८ गते २०८३

images

स्नातक तह उत्तीर्ण ५१ हजार भत्ता

स्नातक तह उत्तीर्ण ५१ हजार भत्ता

दैनिकी न्यूज

३०, आषाढ २०७८
स्नातक तह उत्तीर्ण ५१ हजार भत्ता
images

बारा । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने भएको छ। नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ। छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८र०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए।

नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ। महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद रु ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी सावित्री शर्माले बताइन्।

प्रमुख यादवले पचरौता नगरपालिकामा जनतामुखी रचनात्मक बजेट ल्याई नागरिकलाई सबल एवं सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि तथा गरिब, दलित, असहाय, विपन्न वर्गका लागि निःशुल्क रुपमा खाना पकाउने ग्यास सिलिण्डरसहित चुलो प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउनका लागि नगरभित्र १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण र ज्येष्ठ नागरिकको हकमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराउनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

त्यस्तै नागरिकलाई सहजरुपमा स्वास्थ्यचौकीसम्म पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ। यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको उनले बताए। नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ का लागि रु ४५ करोड ८४ लाख २७ हजार बजेट ल्याएको छ।रासस

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - ०७:४०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology