Logo

बुधवार, आश्विन २८ गते २०८३

images

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

दैनिकी न्यूज

२७, आषाढ २०७८
अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु
images

काठमाडौं । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

करिब पाँच वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली ९मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ । यद्यपि यसका लागि आवश्यक हार्डवेयर नेपाल आइनसकेकाले यसको पूर्ण कार्यान्वयन भने अझै केही महिना हुने छैन ।

प्राधिकरणका अनुसार साउन १ पछि हाल जडान गरिएको एमडीएमएसको सफ्टवेयरले नेपालमा अहिलेसम्म प्रयोग भइरहेका वैध र अवैध मोबाइल चिन्नेछ । सफ्टवेयरले वैध मोबाइललाई श्वेत सूची (ह्वाइट लिस्ट) र अवैधलाई कालोसूची (ब्ल्याक लिस्ट) मा राख्नेछ । साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट लिस्टमा रूपान्तरण गरिने अध्यक्ष खनालले जानकारी दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०८:१०:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology