Logo

बुधवार, आश्विन २८ गते २०८३

images

फुटबलको सट्टेबाजी खेल्ने ५ व्यक्ति ललितपुरबाट पक्राउ

फुटबलको सट्टेबाजी खेल्ने ५ व्यक्ति ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२६, आषाढ २०७८
फुटबलको सट्टेबाजी खेल्ने ५ व्यक्ति ललितपुरबाट पक्राउ
images

काठमाडौं । हाल भैरहेको यूरो कप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परीसर ललितपुरले शुक्रबार ललितपुरका बिभिन्न स्थानहरुबाट सट्टेबाजीमा प्रयोग भएको मोबाईलहरुसहित उनीहरुलाई पक्राउ गरीएको परीसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा ललितपुर जिल्ला, ललितपुर महानगर वडा नं. ५ थसिखेल बस्ने बर्ष ३२ को दिप्जल ढुंगाना, ललितपुर–२ सानेपा बस्ने बर्ष २६ को आशिष सिंह, ललितपुर–११ कोवाहाल बस्ने बर्ष ४२ को राजु महर्जन, ललितपुर–१६ धापागल बस्ने बर्ष ३८ को बिनोद महर्जन र ललितपुर –१२ टंगाल बस्ने बर्ष २९ को सफिर राज राजकर्णिकार रहेका छन् ।

उनीहरु उपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसुर मुद्धामा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भईरहेको प्रवक्ता महर्जनले बताए ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०९:४४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology