Logo

बुधवार, आश्विन २८ गते २०८३

images

हस्ताक्षरमा अड्कियो एमालेको एकता

हस्ताक्षरमा अड्कियो एमालेको एकता

दैनिकी न्यूज

२०, आषाढ २०७८
हस्ताक्षरमा अड्कियो एमालेको एकता
images

काठमाडौं । एमालेको एकता प्रक्रिया हस्ताक्षर प्रकरणमा अल्झिन पुगेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको बटमलाइन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने देखिएको छ। वरिष्ठ नेता नेपालले भने हस्ताक्षर फिर्ता नलिने अडान ओलीसमक्ष राखेका छन्।

ओली र नेपालबीच शनिबार टेलिफोनमा वार्ता भएको हो। टेलिफोन संवादमा हस्ताक्षरको विषय प्रमुख रूपमा उठेको स्रोतले बताएको छ। उपमहासचिव घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुगेर गराएको टेलिफोन संवादमा ओलीले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। तर, नेपालले ओलीको आग्रहलाई अस्वीकार गरिदिएका हुन्।

‘अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा फैसला स्वीकार गर्न सकिन्छ। हस्ताक्षर फिर्ता लिन सकिन्न’, नेता नेपालले ओलीसँग भनेका थिए। बरु नेपालले पार्टीको एकता टुंग्याउन जेठ २ गठित कार्यदललाई सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेको जनाइएको छ। दुवै पक्षका ५र५ नेता रहेको कार्यदल गठन गरिएको थियो।

नेपाल पक्षका २३ जना निवर्तमान प्रतिनिधिसभा सदस्यले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमै उपस्थित भएर हस्ताक्षर गरेका थिए। त्यसपछि नेपाल पक्षका कार्यदल संयोजक भीम रावलदेखि वरिष्ठ नेता नेपाल, झलनाथ खनालसहित ११ जनालाई एमालेले निष्कासनको कारबाही गरेको थियो। असार १६ मा दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएपछि उक्त कारबाही निश्प्रभावी भइसकेको छ। हस्ताक्षर प्रकरणबाहेक विषयमा सहमतिसमेत भइसकेको जनाइएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २०, २०७८ आइतवार - ०७:४४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology