काठमाडौं । जाजरकोट र म्याग्दीमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यू भएको छ ।
जाजरकोट, बारेकोट गाउँपालिका–५ घाटबजारस्थित सडकमा को ३७ प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरी खोजी गरिरहेको छ ।
म्याग्दी, मंगला गाउँपालिका–२ सिमलचौर मिठौलास्थित सडकमा ग १ ज ७६५२ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ । मत्यु हुनेहरुमा बेनी नगरपालिका–५ बस्ने २० वर्षीया सबिना भण्डारी र मंगला गाउँपालिका(१ पूर्णगाउँ बस्ने १३ वर्षीय बिमल बिक रहेका छन् । उनीहरुको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक समेत ६ जनामध्ये २ जनाको सोही अस्पतालमा र अन्य ३ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।