Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

१४, आषाढ २०७८
एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ
images

मोरङ । बुढीगंगा गाउँपालिका–३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबि नगरपालिका–९ घर भएका २४ वर्षीय मो. ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो. अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १२:०७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology