Logo

बुधवार, आश्विन २८ गते २०८३

images

आज कांग्रेस पदाधिकारीको बैठक बस्दै

आज कांग्रेस पदाधिकारीको बैठक बस्दै

दैनिकी न्यूज

१३, आषाढ २०७८
आज कांग्रेस पदाधिकारीको बैठक बस्दै
images

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज दिउँसो बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूलाई पनि बोलाइएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छलफल हुने छ । कांग्रेसले आगामी भदौमा पार्टीको १४औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउन पदाधिकारी बैठक बोलाइएको हो ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - १०:५८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology