Logo

बुधवार, आश्विन २८ गते २०८३

images

नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड

नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड

दैनिकी न्यूज

१३, आषाढ २०७८
नेपाल फुक्र्याउँदै देउवा र प्रचण्ड
images

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् ।

एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रुपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन् ।

शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा र दाहालले नेपालको खुलेर प्रशंसा गरे ।

देउवाले माधव नेपालको प्रशंसा गर्दै माधव नेपाल लडाकु मित्र भएको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता नेपाल एमालेको झन् ठूलो नेता बनेको भन्दै फुर्क्याएका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - ०८:२५:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology