Logo

बुधवार, आश्विन २८ गते २०८३

images

निषेधाज्ञा सातदेखि दश दिन थपिने,निजी गाडी जोर विजोर गर्नेबारे छलफल

निषेधाज्ञा सातदेखि दश दिन थपिने,निजी गाडी जोर विजोर गर्नेबारे छलफल

दैनिकी न्यूज

६, आषाढ २०७८
निषेधाज्ञा सातदेखि दश दिन थपिने,निजी गाडी जोर विजोर गर्नेबारे छलफल
images

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

यसै गरि अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यसै गरि निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने वैठकले यस विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताउनुभयो ।

स्मार्ट लकडाउन भन्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी नभएको समेत उहाँले बताउनुभयो । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न यस अघि खुला गरिएको थियो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - ०५:५३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology