Logo

बुधवार, आश्विन २८ गते २०८३

images

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

दैनिकी न्यूज

५, आषाढ २०७८
भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह
images

काठमाडौं । अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले भनिन्, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।”

उनका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भूभागमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ ।

अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको छ । महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबार प्रदेश १, गण्डकी, लुम्बिनी, बागमती र पश्चिमी भू–भागमा भारी वर्षाको सम्भावना छ । आइतबार केही भेगमा भने अति भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ ।

एक साता लगातारको वर्षाले पहाडी भेगको माटो भिजिसकेको छ । त्यसैले पनि रोकिँदै फेरि वर्षा हुँदा हल्का वर्षाले पनि भेल पहिरो र सुख्खा पहिरो जानसक्ने भएकाले पहाडी भेगमा थप सावधानीको आवश्यकता रहेको महाशाखाले उल्लेख गरेको छ । वर्षाको क्रम जारी नै रहेकाले खहरे र साना खोलामा आकस्मिक बहाव र ठूला नदीको सतहमा बढोत्तरी हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - ०८:२४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology