Logo

बुधवार, आश्विन २८ गते २०८३

images

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

दैनिकी न्यूज

५, आषाढ २०७८
कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण
images

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारबाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने समिति सचिव केशव रिजालले जानकारी दिए ।

समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्कसमेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ÷नगर पालिका कार्यसमिति र वडा कार्यसमितिलाई अनुरोध गरेको छ । नागरिक दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - ०७:१४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology