Logo

बुधवार, आश्विन २८ गते २०८३

images

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

दैनिकी न्यूज

४, आषाढ २०७८
असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने
images

काठमाडौं । निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकभित्र कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण दर वृद्धि भएसँगै वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि लागू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ । मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडानहरू खुला गरिने सम्भावना रहेको पुष्टि गरेका हुन् । पछिल्ला केही दिनमा कोभिड संक्रमण दर घट्दो अवस्थामा रहेको भए पनि अभैm केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भावना नरहेको उनको भनाइ छ ।

निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो । सोही दिन आन्तरिक उडान सुचारु गर्ने संकेत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।

संघका प्रवक्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ । संघले सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको र अहिले संक्रमण दर पनि घट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सकारात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापदण्डहरू पालना गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्कोतर्पm संक्रमण दर पनि घट्दो अवस्थामा छ ।’

आन्तरिक उडान खुला गर्ने हो भने हब मानिने गन्तव्यहरू नेपालगञ्ज, विराटनगर, वीरगञ्ज, भैरहवाजस्ता क्षेत्रमा कोरोना भाइरस संक्रमण दर र वस्तुस्थितिको विश्लेषण तथा मूल्यांकन पनि गरिने उनी बताउँछन् । यसैगरी अन्तरराष्ट्रिय उडानलाई सरकारले थप खुकुलो बनाएको छ । वैशाख २३ गते मध्यरातबाट अन्तरराष्ट्रिय उडान पनि बन्द गरेको सरकारले जेठ १८ गते मंगलवार चीन, कतार र टर्की उडानका लागि अनुमति दिएर खुकुलो नीति लिएको थियो । नेपाल–चीन उडानका लागि भने हालसम्म आवेदन नै नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।

सरकारले यी ३ देशसँगै थप ५ ओटा देशमा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय बुधवार गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको बैठकले नेपाली श्रमिकको अधिक संख्या भएका थप मुलुक साउदी अरेबिया, यूएई ९दुबई०, जापान र मलेशियाजस्ता देशहरूमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यी देशहरूबाट सातामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । यसैगरी, बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । सरकारले विदेशबाट आउनेलाई कुल १५ दिनसम्म होटेल क्वारेन्टाइन बस्नुपर्ने मापदण्ड लागू गरिसकेको छ भने खर्च पनि आफै गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, समितिको बुधवारको निर्णयअनुसार १५ दिनमध्ये १० दिनसम्मको खर्च सरकारले नै व्यवस्थापन गरिदिने भएको छ ।

प्राधिकरणका प्रवक्ता क्षत्रीले थप देशहरूमा पुनः उडान खुला गरिएको निर्णयसँगै अब सम्बद्ध देशका कम्पनीहरूलाई सेड्युल अप्लाइ अर्थात् नियमित उडानका लागि आवेदन दिन आह्वान गरिने जानकारी दिए । प्राधिकरणमा आवेदन दिएपछि मात्रै सम्बद्ध विमान कम्पनीहरूले उडानका लागि अनुमति पाउँछन् ।

यो खबर आजको आजको आर्थिक अभियानमा हिमा वि.क.ले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०६:०५:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology