Logo

बुधवार, आश्विन २८ गते २०८३

images

भक्तपुरमा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु

भक्तपुरमा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु

दैनिकी न्यूज

३, आषाढ २०७८
भक्तपुरमा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु
images

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराती बा ७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरले जनाएको छ ।

काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए । अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार उदयपुर घर भएका लोकेन्द्र मग्राती र सिन्धुलीको तिनपाटन घर भएका अमित जैरु घाइते भएका छन् । 

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - ११:३४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology