Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

दैनिकी न्यूज

३, आषाढ २०७८
बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति
images

काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ। कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ। इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार बेलुका आठ बजेसम्म दुई दर्जनभन्दा धेरै जलविद्युत् आयोजना प्रभावित भएको बताए। ‘बाढीपहिरोको कारण दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘प्रारम्भिक चरणमा सबा दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरेका छौं। अझै पनि सबै ठाउँबाट क्षतिको विवरण आइसकेको छैन।’

इप्पानका अध्यक्ष आचार्यले बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको बताए। ‘भौतिक क्षति निकै भएको छ। मानवीय क्षतिबारे भने केही खबर आएको छैन,’ उनले भने।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - ०७:०८:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology