Logo

बुधवार, आश्विन २८ गते २०८३

images

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

दैनिकी न्यूज

२, आषाढ २०७८
एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल भइरहेको तरसहमतिको खास बिन्दुको टुङ्गो लागिनसकेको बताए । उनले पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको र केही दिनमा सहमतिसाथ थायी कमिटी बैठक बस्नसक्ने बताए ।

केही सञ्चार माध्यममा असार २ गते दुवै पक्षको सहभागितामा स्थायी कमिटीको बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रदेश १, बागमती, कर्णालीलगायत प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका लागि वातावरण तयार पारेको धारणा उनको छ ।

यो समाचार गोरखपात्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७८ बुधवार - ०७:३०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology