Logo

बुधवार, आश्विन २८ गते २०८३

images

सवारी पास किर्ते गरेको आरोपमा एकान्तकुनाबाट दुई युवक पक्राउ

सवारी पास किर्ते गरेको आरोपमा एकान्तकुनाबाट दुई युवक पक्राउ

दैनिकी न्यूज

१, आषाढ २०७८
सवारी पास किर्ते गरेको आरोपमा एकान्तकुनाबाट दुई युवक पक्राउ
images

ललितपुर ।  निषेधाज्ञामा जारी हुने सवारी पासको किर्ते गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन्।

प्रहरीले आइतबार बेलुकी ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट सवारी पास किर्ते गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

खोटाङ मझुवागढी नगरपालिका–११ का २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ पक्राउ परेका हुन्।

निषेधाज्ञा जारी रहेको समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै रिङरोडमा पनि प्रहरीले बिना पासका सवारीसाधनलाई चेक गर्ने गरेको छ।

सोही क्रममा बा ८१ प ७९३ नम्बर मोटरसाइकल चालक अम्बर गुरुङ र प्रदेश १–०२–९०४० प ८६११ नम्बर मोटरसाइकल चालक दिनेश गुरुङले एकै कार्यालय तथा सिम्बोल नं. भएका सवारी पास देखाएका थिए ।

एउटै नम्बरको सवारी पासमा फरक फरक नाम राखेर सरकारी छाप, दस्तखत किर्ते गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि अनुसन्धान गर्न किर्ते सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिएको एसपी महर्जनले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १, २०७८ मंगलवार - १०:३८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology