Logo

बुधवार, आश्विन २८ गते २०८३

images

जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

दैनिकी न्यूज

२८, जेठ २०७८
जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते
images

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ २८, २०७८ शुक्रवार - ०९:२२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology