Logo

बुधवार, आश्विन २८ गते २०८३

images

प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने ३ जना पक्राउ

प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने ३ जना पक्राउ

दैनिकी न्यूज

२४, जेठ २०७८
प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने ३ जना पक्राउ
images

रौतहट । गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय सुनिल कुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका(६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साह रहेका छन् ।

सोही ठाउँ बस्ने १९ वर्षीय सुजित कुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्डविपरीत मानिसहरुको उपस्थितिमा डिजे बाजा बजाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरे पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको झाजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य ६ जना प्रहरी कर्मचारीहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - १३:३१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology