काठमाडौं । सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।
मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक ४० वर्षीय रामसागर साफिमाथि गएराती अज्ञान ३–४ जनाको समूहमा आएका अज्ञात हतियारधारी व्यक्तिहरुले गोली प्रहार गरेका हुन्।
उनको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।