Logo

बुधवार, आश्विन २८ गते २०८३

images

बालिका बलात्कार गरेको आरोपमा ललितपुरबाट युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा ललितपुरबाट युवक पक्राउ

दैनिकी न्यूज

१९, जेठ २०७८
बालिका बलात्कार गरेको आरोपमा ललितपुरबाट युवक पक्राउ
images

ललितपुर । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।

गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपी गोदावरीमा बस्दै आएका थिए । आइतबार साँझ उनले बालिका बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - १३:२२:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology