ललितपुर । विवकेशील साझा पार्टीका पुर्व संयोजक तथा अभियन्ता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए । केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए । त्यहाँ उनी ५ वर्ष अध्ययन गरि फर्किएर नेपालमै विभिन्न सामाजिक कार्यमा लागेका थिए ।