Logo

बुधवार, आश्विन २८ गते २०८३

images

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

चीनद्वारा स्वास्थ्य सामग्री प्रदान

दैनिकी न्यूज

१८, जेठ २०७८
चीनद्वारा स्वास्थ्य सामग्री प्रदान
images

कोभिड–१९ का कारण नेपालमा सङ्क्रमित बिरामीको उपचारमा सहज पार्न चीन सरकारले आज अक्सिजन सिलिन्डर प्रदान गरेको छ । स्वास्थ्य सेवा विभागलाई एक हजार ५०० थान अक्सिजन सिलिन्डर एवम् पाँच लाख २७ हजार ५०० थान एन–९५ मास्क टिमुरेस्थित भन्सार हातामा आइसकेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

 

आफ्नो हातामा ल्याइएका सामग्री नियमानुसार परीक्षण अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।रासस 

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - १५:१३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology