Logo

बुधवार, आश्विन २८ गते २०८३

images

आज देशभर बादल लाग्ने, यी प्रदेशमा भारी वर्षा हुने

आज देशभर बादल लाग्ने, यी प्रदेशमा भारी वर्षा हुने

दैनिकी न्यूज

१७, जेठ २०७८
आज देशभर बादल लाग्ने, यी प्रदेशमा भारी वर्षा हुने
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

जारी बुलेटिन अनुसार हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भू–भागका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ प्रदेश नं. २ र बाग्मति प्रदेशका एक दुर्इ स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

प्रदेश १ र बाग्मती प्रदेशका एक दुर्इ स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारि वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १७ गते  (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका  केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका  थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १८ गते  (मंगलबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ। 

राती: प्रदेश १ र बाँकि पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन / चट्याङ्ग सहित प्रदेश १ का थोरै र बाँकि भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 २०७८ जेठ १९ गते  (बुधबार)

दिउँसो: देशका धेरैजसो  भू-भागमा आंशिकदेखी सामान्य बदली रही थोरै  स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती: प्रदेश १ मा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन / चट्याङ्ग सहित प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - ०८:४७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology