Logo

बुधवार, आश्विन २८ गते २०८३

images

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

दैनिकी न्यूज

१६, जेठ २०७८
यस्तो छ आजको मौसम पूर्वानुमान
images

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

 

हाल देशमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको छ।

हाल देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ । प्रदेश १ को तराई भू-भागमा र प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा भई रहेको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक/ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - ०८:४८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology