Logo

बुधवार, आश्विन २८ गते २०८३

images

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस

दैनिकी न्यूज

११, जेठ २०७८
नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेस
images

काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएका छन् ।

अध्यादेश बदर गर्न माग गर्दै सोमबारसम्म सर्वोच्च अदालतमा तीन रिट पेस भएको र दर्ताको क्रममा रहेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले नागरिकता अध्यादेश विरुद्ध रिट पेस भएका हुन् । मंगलबार ती रिट दर्ता प्रक्रियामा जाने बताइएको छ ।

ुनागरिकता अध्यादेश खारेज गरियोस् भन्ने माग राखेर रिट पेस गरेका छौं,ु जोशीले भने, ुअध्यादेशमा भएका प्रावधान नेपालको राष्ट्रियताको विरुद्धमा छ भनेर हामीले रिट दायर गरेका हौं ।ु

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई आफ्नो समर्थनमा पार्नका लागि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका हुन् । नागरिकता विधेयक प्रतिनिधिसभामा अड्काएर राखेर राजनीतिक दाउपेचका लागि अध्यादेश मार्फत दूरगामी महत्वको प्रभाव पार्ने अध्यादेश अल्पमतको सरकारले जारी गरेको भन्दै विभिन्न राजनीतिक दल र सरोकारवालाबाट विरोध भइरहेको छ । कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - ०६:२०:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology