Logo

बुधवार, आश्विन २८ गते २०८३

images

राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक

राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक

दैनिकी न्यूज

९, जेठ २०७८
राष्ट्रिय निकुञ्जमा यार्सागुम्बा संकलनमा रोक
images

मकालु वरुण राष्ट्रिय निकुञ्जले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनमा यस वर्ष रोक लगाएको छ । वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेपछि संकलनमा रोक लगाइएको हो । कोरोना भाइरस जोमिख न्यूनीकरण तथा सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर रोक लगाइएको निकुञ्ज कार्यालय सङ्खुवासभाका प्रमुख रामदेव चौधरीले जानकारी दिए ।

निकुञ्जले विगत वर्षमा यार्सागुम्बा संकलनका लागि जेठको पहिलो साता खुल्ला गर्ने गरेको थियो । निकुञ्ज कार्यालयले यस वर्ष जेठ १० गतेदेखि असार १० सम्म यार्सा संकलन गर्न खुल्ला गरेपनि कोरोना संक्रमण र लकडाउन कारण संकलनमा रोक लगाइएको हो । निकुञ्जको सूचना विपरित यार्सागुम्बा संकलन गर्ने गराउनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को २०३० बमोजिम कारबाही गर्ने निकुञ्जका प्रमुख चौधरीले बताए ।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु बरुण निकुञ्ललगायत ठाउँमा पाइन्छ । मकालुको ठूलो डाडाँ, याङ्ले सिलिचोङको सङ्खुवा भीर र भोटखालाको पोक्टीभञ्याङ, यिदुकलगायतका ठाउँमा यार्सा संकलन गरिन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ ।

जिल्लामा विगत वर्षमा २० देखि २५ किलोग्राम सम्म यार्सागुम्बा संकलन हुने गरको तथ्याङ्क छ । गुणस्तरका आधारमा एक नम्बरको यार्सागुम्बालाई केजीको ४० लाख सम्ममा बिक्री हुने गरेको भए पनि संखुवासभामा यार्सागुम्बा प्रति केजी साढे ५ लाखदेखि साढे ७ लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौं र तिब्बततर्फ बढी निकासी हुने गरेको छ । नेपालमा १० प्रजातिको पाइने गरेको भए पनि सङखुवासभा दुई प्रजातिको मात्र यार्सा पाइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । बहुमुल्य जडिबुटी यार्सागुम्बा विश्वका २७ देशमा पाइने गरेको छ । रासस 

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - ०६:२०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology