Logo

बुधवार, आश्विन २८ गते २०८३

images

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

७, जेठ २०७८
मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

मौसमी बुलेटिन अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको छ ।

हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राती वर्षा समेत भएको महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र सुदूर–पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश नं. २ र प्रदेश नं. १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ ७ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर-पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती:  प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली र अन्य भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ८ गते (शनिबार)

दिउँसो: प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली रहि बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक वदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०७८ जेठ ९ गते (आइतबार)

दिउँसो: प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली र कर्णालीमा आंशिक बदली रहि बाँकि प्रदेशका मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: प्रदेश नं १ लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

 

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - ०८:०६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology