Logo

बुधवार, आश्विन २८ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ठमेलबाट ४ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ठमेलबाट ४ जुवाडे पक्राउ

दैनिकी न्यूज

५, जेठ २०७८
जुवातास खेलिरहेको अवस्थामा ठमेलबाट ४ जुवाडे पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका–११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९१ हजार १ सय ५० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - १२:२७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology